coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कारकाे प्रयास गर्ने अभियुक्त जेल चलान

खोटाङ - बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका खाेटाङका एक पुरुष जेल चलान भएका छन्। ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका खोटेहाङ गाउँपालिका ४ बड्कादियालेका ३५ वर्षीय रामकुमार भुजेल पुर्पक्षका लागि सोमवार कारागार चलान भएका हुन्।

भदौ २२ गते बालिका बलात्कारको प्रयास गरेको अभियोगमा भदौ २३ गते पक्राउ परेका भुजेललाई जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल ईजालासबाट पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेल पठाइएको प्रहरीले जनाएको छ। घटना पछि ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीले पक्राउ गरेका आरोपित बिरुद्ध पिडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दर्ता गरेका थिए। बालिकालाई बलात्कार प्रयास गरिरहेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन्। 

 

प्रकाशित: १५ आश्विन २०७५ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App