coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फरार अभियुक्त ९ वर्ष पछि पक्राउ

जुम्ला - नेपाली कांग्रेस महासमिति सदस्य उमाकान्त हमालको हत्यामा संलग्न भएको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले ९ वर्ष पछि पक्राउ गरेकाे छ। तत्कालिन धापा गाविस ९ का ६० वर्षीया नरवहादुर रोकायालाई प्रहरीले खलंगाको भारतिवाडा नजिकै हिड्दै गरेको अवस्थामा पक्राउ गरेको हो। हमालको २०६६ साल जेठ ८ गते गाउँको जंगलमा लगि हत्या गरिएकाे थियाे। अभियुक्त रोकायालाई अदालतमा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

यस्तै घटनामा संगलग्न रहेकाे अाराेप लागेका अन्य फरार नौ जनाको खोजिकार्य भईरहेको प्रहरी निरिक्षक प्रकाश केसीले जानकारी दिए। हमालको हत्यामा तत्कालिन नेकपा माओवादीका अगुवा कार्यकर्ताको संलग्नता रहेको भन्दै किटानी जाहेरी दर्ता भएको थियो। प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन नसकेको भन्दै हमाल निकट आफन्तजनले असन्तुष्टि व्यक्त गर्दै अाएका थिए। उक्त घटनामा संलग्न भएको अभियोगमा २७ जना विरुद्ध किटानी जाहेरी दर्ता भएकोमा १७ जना पक्राउ परिसकेका छन्।

 

प्रकाशित: १४ आश्विन २०७५ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App