७ वैशाख २०८१ शुक्रबार
समाज

डोजरले किचेर बालकको मृत्यु

जाजरकोट – जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

टालेगाउँमा सडक मर्मत गरेर फर्कने क्रममा डोजर हेर्न गएका बालकलाई डोजरले किचेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ईन्द्रजित सुनारले बताए। 

डोजरले किचेपछि बालकको घटनास्थलमै मृत्यु भएको थियो। सवारी साधन चल्ने र निर्माण भइरहेको क्षेत्रमा बालबालिकाहरू छाडा छोड्ने अभिभावकका कारण ग्रामीण र बजार क्षेत्रमा दुर्घटनाको सम्भावना धेरै भएपनि स्थानीय अभिभावक र सरोकारवालाहरू होसियार देखिदैनन्। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App