coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै

काठमाडौं – विश्व पर्यटन दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघ र  विश्व पर्यटन सङ्गठनको आह्वानमा यो वर्ष विश्वभरी पर्यटन गन्तव्यलाई ‘डिजिटल ट्रान्सफर्मेशन’ गर्ने अभियान पनि शुरू गरिँदैछ।

यो वर्ष ‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ। 

पर्यटन दिवसको अवसरमा विभिन्न २० गन्तव्यलाई डिजिटलाइजेशन र पर्यटन सीड क्याम्प गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ। यसमा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने स्थानबारे कसरी डिजिटल प्रचारप्रसार गर्ने भन्नेबारे जानकारी दिने तथा पर्यटनसम्बन्धी नयाँ कार्यक्रमको रूपमा नयाँ पुस्तालाई आकर्षित गर्न ‘पर्यटन सीड क्याम्प’ आयोजना गरिने बताइएको छ।

विगतका वर्षमा परम्परागत रूपमा पर्यटन दिवस मनाउने गरिएकोमा यस वर्ष बोर्डले पनि देशभरका विभिन्न गन्तव्यलाई डिजिटलाइजेशन गरी पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको छ। 

त्यस्तै, विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएशन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ। आज नेपाल आउने पर्यटकलाई ३ दिनसम्म उक्त छुट दिइने होटल सङ्घ नेपाल हानले जानकारी दिएको छ।
दोस्रो स्यार्पू पर्यटन महोत्सव पश्चिम रुकुममा आज शुरु हुँदैछ । बाँफीकोट गाउँपालिकाको समृद्धिका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। यसअघि २०६७ सालमा पहिलो पटक स्यार्पूताल छेउमा पर्यटन महोत्सव आयोजना गरिएको थियो।

स्थानीयस्तरको संस्कृति, स्थानीय उत्पादनको प्रवद्र्धन, स्यार्पुताल तथा अन्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी गाउँपालिकाको विकासमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले बताए। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App