२० असार २०७७ शनिबार
समाज

बलात्कार अभियोगमा ५ वर्ष कैद र १ लाख जरिवाना

उदयपुर - बलात्कार अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएका उदयपुरका एक अभियुक्तलाई जिल्ला अदालतले ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। स्थानीय ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका त्रियुगा नगरपालिका १४ साउनेका ३६ वर्षीय शिवबहादुर राईलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै ५ वर्ष कैद र १ लाख जरिवानाको सजाय सुनाएको हो।

घरमा एक्लै सुतिरहेकी महिलालाई राईले गत फागुन २८ गते राती बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

प्रकाशित: १० आश्विन २०७५ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App