coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लहानबाट अपहरित डाक्टर नवलपुरमा भेटिए

लहान – लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे अपहरित डा. शुभाष यादव आज विहान सर्लाहीको नवलपुरमा भेटिएका छन्।  प्रहरीले उनको खोजिकार्य तिव्र पारेकोमा हेटौडा जाँदै गरेको अवस्थामा सर्लाहीको नवलपुरबाट उनलाई फेला पारिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

डा. यादव मंगलबार बेलुकी श्रीमति पुनम यादवसँग लहान बजर घुमेर घर फर्किदै गर्दा अपहरणमा परेका थिए। उनकी श्रीमति पुनमले जीपमा आएको अपरिचित समूहले आफुलाई धक्का दिएर लडाएको र श्रीमानलाई जिमा राखेर पश्चिमम तर्फ लगेको प्रहरीमा जाहेरी गरेकी थिइन्। पुनमकै उजुरीको आधारमा प्रहरीले उनको खोजी तिब्र बनाएको थियो।

भेटिएपछि डा. यादवले प्रहरी समक्ष आफुलाई हेटौडा तर्फ लगि रहेको बयान दिएका छन्। प्रहरीले डा. यादवसँगै महेन्द्र नगरका प्रेम बमलाई नियन्त्रणमा लियर अनुसन्धान गरिरहेको छ ।

डिएसपी थापाका अनुसार डा. यादवको उनकी श्रीमति पुनमसँग राम्रो सम्बन्ध थिएन।  हेटौडास्थिति मकवानपुर सहकारी अस्पतालमा काम गर्दै आएका डा. यादव आन्तरिक कारणले एक महिनादेखि लहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए। आन्तरिक कारणले यादवको अपहरण भएको हुनसक्ने आशंका गरिएको जनाउँदै प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित: १० आश्विन २०७५ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App