coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा १० वर्षीया बालिकाको बलात्कार पछि हत्या

पाेखरा - कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ।  सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको हाे।

मामाघरबाट पसल जाने बाटोमा पर्ने खोल्सा छेउको झाडिमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो।

प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कार पछि हत्या गरिएको बताएको छ।  तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहरिएको अवस्थामा उनको शव फेला परेको र शवको छेउमै रगत लतपतिएका तीनवटा ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ।

उनी स्थानीय लीला आधारभूत विद्यालयमा ३ कक्षामा पढ्दै आएकी थिइन्। उनका बाबुले दोस्रो विहे गरेपछि उनी आमासँगै मामा घरमा बस्दै आएकी थिइन्। आइतबार उनी स्कुलबाट आएर खाजा खान पाँच रुपैयाँ लिएर पसल हिँडेकी थिइन्।

प्रकाशित: १० आश्विन २०७५ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App