coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा १२ वर्षीया बालिका बलात्कृत

जुम्ला– जुम्लाको हिमा गाउँपालिका ३ लडास्थित सल्लाघारी जंगलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। सोही वडाकै एक किशोरले ललाई फकाई गरेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बलात्कृत हुने तिला गाउँपालिकाकी बालिका हुन्। हिमा गाउँपालिका ३ मा रहेको ठिगाली थानमा जात्रा लागेको समयमा ललाई फकाई गरेर बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ। 

जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार बलात्कार गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनले भने, ‘बालिका बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउछौं’, उनले भने। घटनालाई घाउमा मोलमोलाई गरेर मिलाउन खोजिए प्रहरीले कडा कारवाही गर्ने उनको चेतावनी छ। 
पीडित बालिकाले आफूलाई न्याय दिन अनुरोध गरेकी छिन्। 

प्रकाशित: ८ आश्विन २०७५ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App