७ वैशाख २०८१ शुक्रबार
समाज

हत्यारा पत्ता लगाउन माग गर्दै प्रहरी कार्यालय घेराउ

लहान– भदौ ३१ गत्ते घरमै सुतिरहेको बेला हत्या गरिएको गोलबजार नगरपालिका– ३ पुरानो मुसहर्नीयाका हेमबहादुर तामाङ्गको हत्यामा संलग्नको खोजीमा ढिलाई भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेको छन्। बडा नम्बर ३ का वडाध्यक्ष धनबहादुर तामाङको नेतृत्वमा आएका स्थानीयले आइतबार ईलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरी हत्यामा संलग्नको खोजीमा सक्रियताका लागि दबाव दिएका हुन। 

हत्याराको खोजी गर, शान्ति सुरक्षा कायम गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर पुरानो मुसहरनीयाबाट आएको जुलुस प्रहरी कार्यालय अगाडि नारा लगाउँदै घेराउ गरेको थियो। पाँच दिनअघि वडा अध्यक्ष धनबहादुर तामाङ नेतृत्वमा आएको स्थानीयले तामाङ हत्या घटनामा संलग्नको खोजी गरी कारबाहीको दायरामा ल्याउन र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझाएको पाँच दिनसम्म पनि प्रहरीको अनुसन्धान प्रगति उही बिन्दुमा अडकेपछि आक्रोशित स्थानीय प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालका अनुसार अनुसन्धान जारी रहेको तर, अझै हत्यामा संलग्नबारे सुराक भेटिसकेको छैन्। हत्याको संलग्नबारे सुराक नभेटिएसम्म अनुसन्धानको प्रगति नदेखिने उनको भनाई छ। प्रगति नदेखिदा स्थानीयहरु प्रहरी कार्यालय घेराउ गर्न आएको उनले बताए। तर, अहिलेसम्म प्रहरीले करिब २५ जनासँग सोधपुछ गरी अभिलेखिकरण गरेको उनले बताए। ‘कुनै घटनामा अनुसन्धानको नतिजा(अभियुतmको सुराक) चाँडै आउँछ कुनै ढिलो’, उनले भने। 

भदौ ३१ गत्ते घर बाहिरको घाप्रोमा सुतिरहेका तामाङलाई अपरिचित समूहले घाँटीमा धारिलो हतियार(खुकुरी) प्रहार गरी हत्या गरको थियो। सँगै सुतेकी उनकी श्रीमती इन्द्रमाया रगत्तले लतपतिएपछि ब्यूँझेर हेर्दा श्रीमानको घाँटी छिनीएको देखे। त्यसपछि उनले छिमेकी गुहारेका थिए। छिमेकीले उनको गुहार सुनेर आउँदा तामाङको साँस बन्द भैसकेको थियो। स्थानीयबाट खबर पाएर आएको प्रहरीले परिवारजनसँग समान्य सोधपुछ पछि प्रहरी टोली हत्यामा संलग्नको खोजीमा जुटेको इन्सपेक्टर ढकालले बताए। खोजतलासको क्रममा बिहान मृतकको घरभन्दा ५० मिटर पूर्व रगत लागेको खुकुरी बरामद भएको उनले बताए। 

हत्यामा संलग्नबारे प्रहरी अझै बेखबर छन्। ‘हामी अनुसन्धान गर्दैछौं खोजी कुकुरबाट पनि हत्यारा पत्ता लगाउने काम भैरहेको छ’, उनले भने। तामाङ्ग परिवारले आफूहरु हत्यामा संलग्न कसैलाई पनि चिन्न नसकेको वयान दिएकाले हत्यामा संलग्नको पहिचान गर्न ढिला भैरहेको प्रहरी निरीक्षक ढकाल बताउँछन्। संगै सुतेकी श्रमती इन्द्रमायाले समेत श्रीमानको हत्या भएको जानकारी रगतले भिजेपछि मात्र थाहा पाएको प्रहरीलाई वयान दिएकी छिन्।

प्रकाशित: ७ आश्विन २०७५ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App