२१ असार २०७७ आइतबार
समाज

हत्या हुनुअघि रोशनी बमसँग निर्मलाको यस्तो थियो सम्बन्ध (भिडियो)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र रोशनी बमबीच राम्रो सम्बन्ध रहेको निर्मलाकी आमा दुर्गा देवी पन्तले खुलासा गरेकी छिन्। साउन १० गते साथी रोशनीको घर जाँदा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घरबाट केही टाढाको उखुबारीमा भेटिएको थियो।

बर्खे बिदापछि रोशनी बारम्बार आफ्नो घर आउने गरेको र आफूसँग निर्मलालार्इ डान्स सिक्न आफ्नो घर पठाउन पटक पटक आग्रह गर्ने गरेको दुर्गाको भनार्इ छ। निर्मला हराएको दिन रोशनी राम्रैसँग बोलेपनि उनकी दिदी बबिता बम निकै जोडले कराएको र दुर्व्यवहार गरेको दुर्गाको आरोप छ।

प्रकाशित: २ आश्विन २०७५ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App