coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरका बालुवा खानी ब्युँताउने तयारीे

भक्तपुर–  चार वर्षपहिलेदेखि उत्खनन रोकिएका भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ। 

खानी सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि ती खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका थिए। 

चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने ती बालुवा खानी सञ्चालनमा ल्याउन सार्वजनिक सूचना जारी गरेको छ। यसका लागि खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वानसमेत गरिसकेको छ । भक्तपुरका बालुवा खानी तत्कालीन जिल्ला विकास समितिको प्रमुख आयस्रोतमध्येको एक थियो । 

खानी सञ्चालकले नै अनियमितताको उजुरी गरेपछि अख्तियारले खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो । तर अख्तियारले चार वर्षसम्म सो सम्बन्धमा छानबिन नै नगरी अहिले ती फाइल जिल्ला समन्वय समितिलाई फिर्ता गरेको छ। फाईल फिर्ता आएपछि खानी सञ्चालनमा ल्याउने तयारीमा नगरपालिका जुटेको हो।

जिल्लामा २६ माटो तथा बालुवा खानी रहेको बताइएको छ । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भएका ती खानी हाल चाँगुनारायण नगरपालिकाभित्र रहेका छन् । 
नगरपालिकाले दसैं तिहारलगत्तै खानी सञ्चालनको तयारी गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। ‘खानी सञ्चालन कार्यविधिसमेत तयार गरिसकेको छ,’ उनले भने, ‘खानीमा लगाइने करसमेत नगरसभाले पारित गरिसकेको छ।’

खानी सञ्चालनको स्वीकृति दिनुअघि नगरपालिकाले खानी सञ्चालकले बुझाएको कागजपत्र र खानीको स्थलगत अध्ययन गर्नेे र ती स्थानमा स्रोतको समेत पहिचान गरी खानी सञ्चालनको स्वीकृति दिने उनले जनाए। उहाँले खानी क्षेत्रको भौगोलिक अवस्था र जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरका बारेमासमेत अध्ययन गर्ने उनको भनाइ छ।रासस

प्रकाशित: २ आश्विन २०७५ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App