७ वैशाख २०८१ शुक्रबार
समाज

हतियारसहित रौतहटमा दुई पक्राउ

रौतहट– हतियारसहित रौतहटमा दुई युवा पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा एउटा मोटरसाइकलमा आएका दुई जनालाई चेकजाँच गर्ने क्रममा प्रहरीले हतियारसहित पक्राउ गरेको हो। 

चन्द्रपुर नपा ९ डुमरियास्थित राजमार्गमा जिल्ला प्रहरी कार्यालयको टोलीले ना १६ प ६७५२ नम्बरको मोटरसाइकलमा चढेका वृन्दावन नगरपालिका वडा नम्बर १ विश्रामपुरका ३० वर्षिय दोजेलाल राउत र सोही नपा २ का १८ वर्षिय सन्तोष पटेललाई चेकजाँच गर्दा उनको साथबाट टोटावाला १ फिट ४ ईंचको लामो फलामको कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिएका छन्। पेस्तौलसहित पक्राउ परेका दुबैजनालाई मोटरसाइकल सहित प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्ने दुवैजना निर्दोैष रहेको र प्रहरीले बलजफ्ती फसाएको भन्दै केही स्थानीयबासीले विश्रामपुरमा रहेको प्रहरी चौकीमा केहीबेर प्रदर्शन पनि गरेका छन्।

प्रकाशित: १ आश्विन २०७५ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App