५ वैशाख २०८१ बुधबार
समाज

दुई बेवारिसे शव फेला

सर्लाही – सर्लाहीको बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेको छ। बागमती नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलभन्दा केही दक्षिण नदी किनारमा एक शव फेला परेको हो।

शव सडिसकेकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ। यस्तै बागमती नगरपालिका–३ ढुंगे्रखोलास्थित लालीगुराँस वन क्षेत्रमा पनि बेवारिसे शव फेला परेको छ। करिब ४५ वर्षीय पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए। 

यसैबीच नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत लक्ष्मीपुरकोद्राह चौकमा शनिबार बिहान यात्रुबसले किचेर एक जनाको ज्यान गएको छ। सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना. २ ख ४५०८ नम्बरको दाइभाई ट्राभल्सले किच्दा हरिपुर नगरपालिका–५, लक्ष्मीपुरका ३० वर्षीय आवास मन्सुरको ज्यान गएको हो।

बिहान साँढे ६ बजेतिर बसमा चढ्न खोज्दा ढोकामा भिड रहेकाले धक्का लाग्दा खुट्टा चिप्लिएर लडेपछि मन्सुरलाई पछाडिपट्टिको चक्काले किचेको बताइएको छ। बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जानकारी दिएको छ। तीनवटै शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ।

प्रकाशित: ३० भाद्र २०७५ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App