१६ चैत्र २०८० शुक्रबार
समाज

कि न्याय दिनुस् या त मलाई गोली ठोक्नुसःनिर्मला पन्तकी आमा दुर्गादेवी


काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्तकी आमा दुर्गादेबी पन्तले छोरीको हत्यारा पत्ता लगाउन नसक्ने भए आफूलाई गोलीहान्न सरकारसँग माग गरेकी छन्।

हत्यारा पत्ता लगाउन भन्दै कञ्चनपुर गएका विभिन्न अधिकारीहरुले आफूलाई आश्वासन मात्र दिएको उनले बताइन्। ‘धेरै बुद्धिजिवीहरुले हामीलाई संझाएमात्र हत्यारा पत्ता लगाएनन्,’ उनले भनिन्,  प्रधानमन्त्री यहि हुनुहुन्छ राष्ट्रपति पनि यहि हुुनुहुन्छ। निर्मलालाई न्याय दिलाउनुस्। सक्नुहुन्न भने भन्नुस र मलाई गोली ठोक्नुस। राष्टपति ज्यु निर्मला तपाइकी पनि छाेरी हुन्।’

हत्यारा पत्ता लगाउन दवाव दिन मानवअधिकारकर्मीसहित राजधानी आएकी दुर्गादेवीले आफू न्याय पाउने आसमा राजधानी अएको बताइन। राजधानीको रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, न्याय नपाइ घर जान्न। धेरै कुरा कति भनौ। प्रधानमन्त्री ज्यूको शरणमा आएकी छु।’ 

प्रकाशित: २८ भाद्र २०७५ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App