८ वैशाख २०८१ शनिबार
समाज

म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

म्याग्दी- नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।

सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक मावि, प्रकाश माविमा आन्दोलरत शिक्षकले पठनपाठन बन्द गराएका छन् भने ग्रामीण क्षेत्रका अधिकांस विद्यालयको पठनपाठन बन्द भएको भकिम्लीको जयन्ती माविका शिक्षक सन्तोष सुवेदीले बताए। ‘हाम्रा मागप्रति सरोकारवाला निकायले पनि बेवास्ता गरेको देखियो,‘शिक्षा क्षेत्रमा हाम्रो योगदानलाई दोस्रो दर्जाको नागरिक सरह ब्यवहार भइरहेको छ’ सुबेदीले भने। सामुदायिक विद्यालयले समेत शिक्षकको मागलाई अघोषित रुपमा एकबद्धता जनाएकाले म्याग्दीमा घोषित आन्दोलन सफल  भएको अन्दोलनरत शिक्षकको भनाई छ।

जल्लाका रहेका आधारभुत तथा मावि तहका विद्यालयको पठनपाठन ठप्प पारेका शिक्षकले माग पुरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्। जिल्लाभर २ सय ५१ जना राहत शिक्षक रहेको नेपाल राहत शिक्षक जिल्ला समिति म्याग्दीका अध्यक्ष देवराज शर्माले बताए। ‘आन्दोलन बाध्यता बन्यो,‘तीनवटा मागले शिक्षा क्षेत्रको सुधारमा समेत ठूलै परिवर्तन ल्याउँछ‘ उनले भने। आन्दोलनरत शिक्षकले जिल्लाका  आधारभूत र मावि गरी २ सय ७२ वटा सामुदायिक विद्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए। सामुदायिक विद्यालयमा राहत कोटामा रहेका शिक्षकको मेहनतले एसईई परीक्षाको नतिजामा समेत सुधार आएको छ। नीजि विद्यालयसंग सामुदायिकलाई प्रतिस्पर्धा गराउने गरी मेहनत गर्ने शिक्षकको मागलाई बेवास्ता गरिए तेस्रो चरणको आन्दोलनलाई ब्यापक बनाउने चेतावनी समेत दिएका छन्। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुंगगा र अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयमा पुगेका विद्यार्थी विद्यालय बन्द भएपछि फर्किएका थिए। समितिको केन्द्रीय निर्देशन अनुसार भदौ २६, २७ र २८ गते ३ दिन देशभरका सबै सामुदायिक विद्यालय बन्द गराउने निर्देशन अनुसार बिहिबार अन्तिम दिन समेत पठनपाठन प्रभावित भएको हो।

 

 

प्रकाशित: २८ भाद्र २०७५ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App