१६ चैत्र २०८० शुक्रबार
समाज

सिआइबी अनुसन्धानमाथि प्रश्न

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।

टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरेको थियो । दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो । विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकृत रहने सिआइबीको अनुसन्धानलाई विश्वसनीय मानिँदै आएको थियो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानका लागि खटिएको सिआइबी टोलीसँग बिफ्रिङ लिएपछि मुख्य अभियुक्त बिष्ट नै भएको विश्वास गरेका थिए । महेन्द्रनगरका स्थानीय बासिन्दाले बिष्टको पक्राउ पछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन गरे पनि प्रहरी प्रधान कार्यालय आफ्नो निकायले गरेको अनुसन्धानप्रति विश्वस्त थियो । अनुसन्धानमा अब्बल मानिएका डिएसपी अंगुर जिसीलाई सिआइबीले कञ्चनपुर घटनाको अनुसन्धान गर्न पठाएको थियो।

सिआइबीकै सहयोगमा बिष्टलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अभियुक्त बनाएका बिष्टलाई उपचार र डिएनए परीक्षणका लागि काठमाडौं ल्याएको थियो । निर्मला हत्याका सम्बन्धमा अनुसन्धान गर्न सिआइबीले केही दिनअघि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवालीलाई कञ्चनपुर पठाएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App