coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनुसन्धानमा संलग्न प्रहरीमाथि छानबिन हुने

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्वारा अभियुक्त बनाइएका दिलीपसिंह बिष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानबिन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानबिन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालय र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गर्दै उनीहरूमाथि छानबिन गर्ने निर्णय भएको मन्त्रालय स्रोतले बतायो । गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, डिआइजी रामप्रसाद श्रेष्ठलगायत सम्मिलित बैठकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र सिआइबीबाट खटिएका डिएसपी अंगुर जिसी, प्रहरी निरिक्षक ऐकिन्द्र खड्का तथा छानबिन समितिमा रहेका उपसचिव वीरेन्द्र केसीमाथि छानबिन गर्ने निष्कर्ष निकालेको हो।

‘हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान गरिएको देखिएन । त्यहाँ घटना भएदेखि नै अनुसन्धान प्रक्रियामा संलग्न भएका प्रहरी अधिकृत र पछिल्लोपटक उपसचिव वीरेन्द्र केसीले दिएको अभिव्यक्तिलाई समेत बैठकले थप अनुसन्धान गर्नुपर्ने निर्णउ गरेको छ’, बैठकमा संलग्न उच्च अधिकारीले भने।

प्रकाशित: २७ भाद्र २०७५ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App