१९ असार २०७७ शुक्रबार
समाज

बलात्कारविरुद्ध सय दिने सचेतना अभियान

काठमाडौं – सामुदायिक सूचना नेटवर्क (सिआइएन) ले बलात्कारविरुद्ध चेतना जगाउन सय दिने सञ्चार अभियान सुरु गरेको छ। ‘बलात्कारविरुद्ध मेरो प्रतिबद्धता : दुव्र्यवहार गर्दिनँ, दुव्र्यवहार सहन्न’ भन्ने नारासहित सो अभियान सुरु भएको हो। सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बलात्कारविरुद्ध देशभरिका सामुदायिक रेडियोसँगको सहकार्यमा सिआइएनले आवाज उठाउँदै आए पनि बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियानको आवश्यकता महसुस गरिएको बताए।

सिआइएनका म्यानेजर दीपक आचार्यले देशभरि बालिका बलात्कारका घटना बढ्दै गएकाले बलात्कारविरुद्ध चेतना जगाउन आवश्यक देखिएकाले विशेष सञ्चार अभियानको सुरुआतको आवाश्यकता परेको जनाए। प्रतिनिधिसभाकी सदस्य शशी श्रेष्ठले सबैजना मिलेर बलात्कारविरुद्ध सचेतना जगाउनुपर्ने धारणा राख्दै बलात्कारविरुद्ध चेतना जगाउन सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण हुने विश्वास व्यक्त गरिन्। श्रेष्ठले पाठ्यक्रममा पनि महिला हिंसाविरुद्धका सामग्री समावेश गर्नुपर्नेमा जोड दिइन् । संसद्बाट निरन्तररूपमा बलात्कारविरुद्ध बोलिरहेको बताउँदै सांसद श्रेष्ठले बलात्कारविरुद्ध भएको कानुन कार्यान्वयन गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाइन्।

प्रतिनिधिसभाकै सदस्य मीनाक्षी झाले बलात्कारविरुद्ध ऐनकानुन भए पनि कार्यान्वयनको पाटो फितलो भएकाले बलात्कारका घटना कम हुन नसकेको बताइन्। सडक र सदन दुवैतिरबाट बलात्कारविरुद्ध आवाज उठाए यस्ता घटना कम हुने उनको विश्वास छ। मनोचिकित्सक डा. पशुपति महतले बलात्कारका समाचार लेख्दा र प्रसारण प्रकाशन गर्दा पत्रकारले पनि ध्यान दिनुपर्ने बताए।

मनोविद् तथा अधिवक्ता नानी थापाले बलात्कारविरुद्धका कानुनबारे सञ्चारमाध्यमले प्राथामिकताका साथ सूचना तथा जानकारी दिनुपर्ने बताइन्। सञ्चारमाध्यमले पीडितका कुरामात्रै भन्दा पनि पीडितले न्याय पाएको र पीडकले सजाय पाएका विषय पनि समावेश गर्नुपर्ने उनको भनाइ छ। कुरुदय सेल्फ डिफेन्स मार्सल आर्टका महासचिव सुरेन्द्रसिंह बिष्टले अलिकति तालिम लिए महिला तथा बालबालिकाले आफ्नो सुरक्षा आफैं गर्न सक्ने भएकाले सञ्चारमाध्यमले आत्मरक्षाका त्यस्ता तरिका सिकाउनुपर्ने सुझाव दिए। अभियानमा बलात्कारविरुद्ध सचेतना कार्यक्रम चलाउने, बलात्कारविरुद्धका कानुन रेडियोबाट प्रसारण गर्ने, स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय संसद्का सांसदलाई बलात्कारविरुद्धको प्रतिबद्धता जनाउन लगाउनु सो अभियानको मुख्य लक्ष्य छ।

प्रकाशित: २५ भाद्र २०७५ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App