१६ चैत्र २०८० शुक्रबार
समाज

भारतका पूर्व प्रधानमन्त्री देवेगौडाले गरे पशुपति पुगेर पूजाआजा

काठमाडौं – भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल (सेकुलर)का नेता एचडी देवेगौडाले पशुपति पुगेर पूजाआज गरेका छन्। बिहीबार धार्मिक भ्रमणको शिलसिलामा उनी नेपाल आएका थिए। उनी अहिले पशुपतिमाच विशेष पूजाआजा गरिहेको छन्।

पशुपतिमा पुजाआजा सकेलगत्तै गाैडाले ११ः३० बजे नेपालका पूर्व प्रधानमन्त्रीहरुसँग भेट्ने कार्यक्रम रहेको छ। पूर्व पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वको समितिले होटल द्वारीकामा गैडासँग भेटघाटका लागि तयारी गरेको छ।

८५ वर्षीय देवेगौडा सन् १९९६ जुनदेखि करिब ११ महिनाका लागि भारतको प्रधानमन्त्री बनेका थिए। त्यसअघि उनी कर्णाटकका मुख्यमन्त्रीसमेत रहेका थिए। हाल उनका छोरा कर्णाटकका मुख्यमन्त्री छन्। उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App