२१ असार २०७७ आइतबार
समाज

बलात्कृत बालिकाको उपचारमा समस्या, राज्यले एनजिओ गुहार्‍यो

बालकल्याण समितिको निर्णय : जसमा गैरसरकारी सस्था संग बलात्कृत बालिकाको उपचारका लागि सहयोग गरिदिनु भनिएको छ ।

रोल्पा– भदौ ५ गते घाँस काटेर आउँदा योनीबाट रगत चुहाएर रुँदै घरमा बसेकी साढे ६ बर्षिया छोरीलाई देखेर सीता नेपाली (नाम परिवर्तन) झस्किइन। के भयो भनेर सोधेको छोरी बिमला ‐नाम परिवर्तन) रोइरहिन मात्र। ‘महिनावारी हुने समय त भएको थिएन, केहि भयो होला जस्तो लाग्यो। राति खाना खाएर सुत्यौ। अर्को दिन पनि छोरीले ‘सु’ दुख्यो भने पछि नजिकैको स्वास्थ्य संस्थामा लगेको डाक्टरले यहाँ हुदैन अस्पताल लैजाउ भन्नु भयो’, सीताले घटनाक्रम सुनाइन। 

अस्पताल लैजाने पैसा नभएपछि उनले उपचारको माया मारिन। केहि दिनपछि छोरीलाई ज्वरो आउन थाल्यो। दुख्यो भन्ने र रुने गर्न थालिन। ‘यता उति सापटी गरेर प्युठानको अस्पताल लगे। सबै जाँच गरेपछि डाक्टरले पुलिसकोमा जाउ अनि राम्रो अस्पतालमा उपचार गराउनु भन्नु भयो।’ डाक्टरले तिम्री छोरीको बलत्कार भएको छ भने पछि छाँगाबाट खसेजस्ती भएकी सीताले एक छिनसम्म छोरीलाई कसले के ग-यो भनेर सोध्न पनि सकिनन्। 

स्वास्थ्य जनताको मौलिक हक हो भनेर कानुनमा लेखिए पनि दुर्गम गाउँकी एउटी गरिब, अबोध दलित बालिका बलात्कृत भए पछि आर्थिक अभाबले उपचार समेत गर्न नसक्ने अबस्थामा छिन्। अधिकारसहित काम गर्नेगरी चुनाव जितेका जनप्रतिनिधि गाउँभरी छन् तर बालिकाले खर्च नहुँदा उपचार पाएकी छैनन्।

बिच बिचमा पुलिसले पक्रन्छ भन्ने छोरीले धेरै फकाएपछि गाउँकै नाता पर्ने १५ बर्षिय दाईले जबरजस्ती करणी गरेको खोलिन। ‘कसैलाई भनिस भने तलाई पुलिसले हात बानेर लैजान्छ। कहिल्यै घर आउन दिन्न भन्नु भाथ्यो’, त्यसदिनको घटना सुनाइन ‘दाईले उहाँको घरमा बोलाउनु भयो अनि लुगा खोलेर...।’ उनि यो भन्दा अगाडि बढ्न सकिनन्। स्वास्थ्यकर्मीका अनुसार बलात्कार भएको १० दिनपछि प्युठान अस्पताल पुगेका बालिकाको योनीमा बाहिरै समेत इन्फेक्सन भएको छ। 

योनीमा इन्फेक्सन भएर ज्वरोले थलिएकी छोरीलाई लिएर प्रहरीमा आएकी सीतासंग खाना खाने पैसा समेत थिएन। ‘शनिवार दुई बजेतिर आमा बच्चाले बिहानदेखि केहि नखाएका। मेडम पैसा छैन बिरामी छोरीले भोक लाग्यो भने पछि प्रहरीको खाना खुवाएका हौं’, रोल्पा नगरपालिकाकी कर्मचारी सुशीला पन्थले बताइन। ‘डाक्टरले बच्चालाई उपचारको लागि रिफर गर्नु भएको रैछ। बिचरा एक रुपैयाँ पनि नाई। दुईतिन हजार उहाँले आफै ऋण खोज्नु भयो। पछि पैसा दिने सहमतिमा रेडक्रसलाई अनुरोध गरेर एम्बुलेन्समा बुटवल पठाएका हौं।’ 

बच्चासंग केहि घण्टा संगै बसेकी पन्थ भन्छिन, ‘बच्ची दुखेर रोएको देख्दा म आफैलाई कस्तो पीडाबोध भयो। पिसाब लाग्यो भनेर चिच्चाउँदै रुने। धेरैलाई फोन गरे। कतैबाट केहि सीप नलागेपछि मेरो श्रीमान बुटवल हुनुहुन्छ जानुस भोलि केहि उपाए लगाएर पैसा पठाउँछौ भनेर रेडक्रसको एम्बुलेन्समा पठाएको हो।’

बलात्कृत बच्चीको मामा बुटवलमा भान्जीको उपचारका लागि आर्थिक अभाब भएपछि आइतवार निबेदन बोकेर बालकल्याण समितिमा पुगेका थिए। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला बालकल्याण समितिको बैठक पनि बस्यो। तर प्रक्रिया नयाँ भएको भन्दै उक्त समितिले सेभ द चिल्ड्रेन र स्थानीय गैर सरकारी संस्था हुरेक रोल्पासंग सहयोगका लागि अनुरोध गर्ने निर्णय मात्र ग¥यो। निर्णयको मान राख्दै गैर सरकारी संस्थाले २० हजार दिएको छ।

बालकल्याण समितिको आपतकालिन कोषमा अहिले पनि करिब साढे चार लाख रुपैयाँ छ तर प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सो रकम सहयोग गर्न सकेन। ‘अहिलेलाई सेभ द चिल्ड्रेन र हुरेक रोल्पालाई आबश्यक रकम सहयोग गरिदिनुहुन भनेका छौं। रेडक्रसलाई पनि एम्बुलेन्स निःशुल्क उपलब्ध गराई दिन अनुरोध भएको छ। बालकल्याण समितिको आपतकालिन कोषलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा माथिबाट निर्देशन आएको छैन्’, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘यो पैसा छँदैछ कहि जाँदैन्। हेरौ पछि केहि गर्न सकिएछ भने गरौला।’

उता जिल्लास्थित प्रशासनिक निकायले एनजिओ गुहारेको देखेको नगरपालिकाले पनि सहयोगका बिषयमा कुनै निर्णय लिएको छैन्। आफ्नै गाउँको बालिका बलात्कारको सिकार भएर आर्थिक अभावमा छटपटिएको देखेकी नगरपालिका उपप्रमुख मनकुमारी घर्तीले सहयोग गर्ने बताइन। बालकल्याण समितिको बैठकमा समेत सहभागी उपप्रमुख घर्तीले भनिन्, ‘सहयोग त गर्ने हो। अब भोलि मिटिङ बसेर के गर्न सकिन्छ छलफल गर्नु पर्ला।’ 

स्वास्थ्य जनताको मौलिक हक हो भनेर कानुनमा लेखिए पनि दुर्गम गाउँकी एउटी गरिब, अबोध दलित बालिका बलात्कृत भए पछि आर्थिक अभाबले उपचार समेत गर्न नसक्ने अबस्थामा छिन्। अधिकारसहित काम गर्नेगरी चुनाव जितेका जनप्रतिनिधि गाउँभरी छन् तर बालिकाले खर्च नहुँदा उपचार पाएकी छैनन्। चरम गरिबीमा परेका सीताका श्रीमान मजदुरीका लागि भारतमा छन्। 

बालकल्याण समितिको निर्णय : जसमा गैरसरकारी सस्था संग बलात्कृत बालिकाको उपचारका लागि सहयोग गरिदिनु भनिएको छ ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App