७ वैशाख २०८१ शुक्रबार
समाज

राँके बजारमा भीषण आगलागी अपडेट : क्षति बढ्दै, दमकल पुगेनन्

इलाम/पाँचथर- इलामको देउमाई नगरपालिका–१, राँके बजारमा भीषण आगलागी भइरहेको छ। स्थानीय ठालुमान श्रेष्ठको घरबाट सल्केको आगोले भीम बस्नेत र तिलविक्रमको घरसमेत जल्न थालेका छन्। स्थानीय प्रकाश बस्नेतले आगो लागिरहेपनि नियन्त्रणका लागि दमकल पुग्न नसकेको बताए। उनका अनुसार स्थानीयले आगो नियन्त्रण गर्न सकेका छैनन्।

पाँचथर र इलामको सीमा राँकेका कच्ची घरहरूमा तीव्र गतिमा आगो बढ्दै गएको छ। राँके प्रहरी चौकीका इन्चार्ज असई लीलाध्वज ढकालले श्रेष्ठको घरमा आगोको मुस्लो दन्किएको र स्थानीयको सक्रियतामा नियन्त्रण प्रयास भइरहेपनि सम्भव हुन नसकेको बताए। ‘फिदिम र इलामबाट दमकल आउँदै छन्, नियन्त्रणको प्रयास हुँदैछ तर निकै गाह्रो परेको छ’, उनले भने, ‘घर र पसलहरूमा आगोले क्षति गरेपनि के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन।’ उनले घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भने हुन नपाएको बताए।

यता पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीका अनुसार इलाम र पाँचथरका दमकल पठाउने काम भइरहेको छ। नेपाली सेनाको टोली पनि घटनास्थलतिर लागेको छ। पानी परेपनि आगलागी बढिरहेको छ। 

प्रकाशित: १७ भाद्र २०७५ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App