८ वैशाख २०८१ शनिबार
समाज

रोल्पामा साढे ६ वर्षीया बालिका बलात्कृत

रोल्पा – कञ्चन्पुरको घटना सेलाउन नपाउँदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। प्रहरीका अनुसार पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी हुन्। उनलाई गाउँकै आफन्त पर्ने १५ बर्षीय एक किशोरले बलात्कार गरेका थिए।

उनले बालिकालाई कतै नभन्नु भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन। शुक्रबार छोरी धेरै बिरामी भएपछि उनकी अामाले उपचारका लागि छिमेकि जिल्ला प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु-याइएकी थिइन्। उनलार्इ अस्पताल लगिएपछि उनी बलात्कृत भएकाे खुलेकाे हाे।

डाक्टरले यो रेप केस हो, प्रहरीकोमा जानुस भने पछि आमा छोरी लिएर शुक्रबार साझ जिल्ला प्रहरी कार्यालय आएको रोल्पा प्रहरी प्रबक्ता सुर्दशन पन्थीले बताए। उनले राति नै आरोपितलाई पक्राउ गरेर ल्याइएको र किशोरले पनि अपराध स्वीकारेको बताए।

रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले अनुसन्धान सुरु गरिएको बताउँदै कानुन बमोजिम आवश्यक कारवाही गरिने बताए।

रोल्पामा केही दिन अगाडि पनि श्रीमतिको बलात्कार भएको भन्दै एक पुरुषले प्रहरीकोमा जाहेरी दिएका थिए। यस्तै साउनमा पनि एक महिला बलात्कृत भएको उजुरी प्रहरीमा परेको थियो।

प्रकाशित: १६ भाद्र २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App