७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

इलाम – भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा मोरङ मिक्लाचोङ–३ का अर्जुन आचार्य, झापा दमक–२ का सुमनसिंह पौडेल, झापा गाउँपालिका–२ का चमनलाल माझी, इलामको देउमाई नगरपालिका–८ का मोहन बराल, झापा गौरीगञ्ज–१ का सुमन राईलगायत छन्। आचार्य झापा जिल्ला इन्चार्ज हुन् भने पौडेल झापा सेक्रेटरी हुन्। माझी झापा जिल्ला सदस्य तथा मजदुर महासंघ सदस्य, बराल किसान संघको इलाम जिल्ला अध्यक्ष र राई विद्यार्थीको केन्द्रीय सदस्य हुन्। 

झापा शिवसताक्षी–११ का तारा थापा, दमक–७ का सन्तोष लिम्बू, झापा बिर्तामोड–३ का चित्र विश्वकर्मा, शिवसताक्षी–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार लिम्बू र दमक–२ का विनोदकुमार राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने अन्य व्यक्ति इलाम र झापाका जिल्ला तथा त्यसभन्दा तल्लो तहका नेता–कार्यकर्ता भएको हुनसक्ने प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए।

इलामको सूर्याेदय नगरपालिका–५, समालबुङस्थित सुम्फुङबाट उनीहरूलाई मंगलबार बिहानको राति करिब ३ बजे प्रहरीले पक्राउ गरेको थियो। दुवै जिल्लाका नेता–कार्यकर्ताको भेला तयारी गरिहेका बेला भारतीय सीमा मिरिकनजिकै सिद्धिखोलाछेउबाट उनीहरू पक्राउ परेका थिए। पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो। 

प्रकाशित: १४ भाद्र २०७५ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App