८ वैशाख २०८१ शनिबार
समाज

तीन दिन बदली र वर्षा हुने

काठमाडौं - आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै विहिबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो।

विहिबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ।ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको छ। रासस

प्रकाशित: १४ भाद्र २०७५ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App