२४ असार २०७७ बुधबार
समाज

शिक्षकविरुद्ध बलात्कार आरोपमा उजुरी

उदयपुर– उदयपुरमा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध कारबाही माग गर्दै उजुरी परेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित विद्यालयका माध्यामिक शिक्षक ४० वर्षीय वीरेन्द्र बस्नेतविरुद्ध स्थानीय १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी परेको हो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बालिकाका अभिभाकले शिक्षक बस्नेतले छोरीमाथि जवरजस्ती गरेको भन्दै कारबाहीको माग गरेको छ। स्थानीय एक निजी स्कुलमा अध्ययनरत बालिकाको घरमै आएका बेला गत शुक्रबार राति फकाई फुल्याई घरबाहिर लगेर जवरजस्ती गरेको उजुरी अभिभाकबाट आएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

बालिकाका अभिभावकले उजुरी दिएपछि पक्राउ गर्न टोली पठाउँदा उनी फरार भइसकेकाले खोजी कार्य जारी रहेको एसपी राईले बताए। ‘बालिकाका बाबुले छोरीमाथि जवरजस्ती भयो भन्दै जाहेरी दिएलगत्तै अभियुक्तको खोजी थालिएको छ’, एसपी राईले भने, ‘तर, घट्ना घटेलगत्तै भागेकाले भेटिएको छैन्। उनी लुकेको संभावित ठाउँमा खोजी कार्य तिब्र पारिएको छ।’ 

शिक्षकजस्तो जिम्मेबार व्यक्तिले त्यस्तो अमानवीय कार्य गरेको भन्दै बस्नेतविरुद्ध सशक्त कारबाही हुनुपर्ने माग स्थानीयले गरेका छन्। कक्षा ६ मा पढ्दै गरेकी बालिकालाई जवरजस्ती गर्ने बस्नेतलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरिरहेका छन्। 

प्रकाशित: १२ भाद्र २०७५ २१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App