coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एघार दिनकी शिशुलाई आमाले जिउँदै खाल्डोमा पुरिन्

गोरखा – गोरखाको सिराञ्चोक गाउँपालिका २ खमारीकी रश्मी गुरुङ (भण्डारी) ले ११ दिनकी छोरी टिकालाई खाल्डो खनेर पुरेको खुलेको छ। भदौ ८ गते राती उनले घरबाट ३ सय मिटरमाथि बारीमा खाल्डो खनेर बोरामा राखेर छोरीलाई पुरेको प्रहरीले जनाएको छ। 

छोरी हराएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा नभेटिएको र अन्ततः अनुसन्धान गर्दै जाँदा उनले आफैँले खाल्डो खनेर पुरेको बताएपछि घटनास्थल गएर हेर्दा बालिकाको शव आज भेटिएको हो। खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ। आमा रश्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दिउँसो छोरीको न्वारन गरेर सुतेका बेला राती करिब १ बजेतिर घरमा सबै सुतेपछि रश्मीले छोरीलाई खाल्डो खनेर पुरेकी हुन्। १७ वर्ष उमेरकी उनको एक वर्षअघि १९ वर्षीया सबल भण्डारीसँग बिबाह भएको थियो। न्वारन सकेर श्रीमान घटना भएको साँझ छिमेकीकहाँ सुतेका थिए। सबलसँग रश्मीको विवाह भएको रश्मीको आमा सरिता गुरुङलाई मन परेको थिएन। उनले पटक पटक छोरीलाई टेलिफोनमा धम्क्याउने गरेको रश्मीले प्रहरीसँग बताएकी छिन्।

घटनामा प्रत्यक्ष आफू मात्रै संलग्न रहेको रश्मीले बताएपनि उक्साउने, धम्क्याउने अरु कोही हुनसक्ने आशंकामा रश्मी, उनकी आमा सरिता र कान्छी बहिनी बबिना गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले बताए। रश्मीलाई कर्तब्य ज्यान मुद्धामा कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए। 

 

प्रकाशित: १२ भाद्र २०७५ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App