coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा निर्मला र सन्नी

कञ्चनपुर निर्मला पन्त र सन्नी खुनाको भौतिक शरीर यति बेला यो संसारमा छैन। तर, दुबै नाबालिगका तस्वीर र उनिहरुप्रतिको समवेदना यतिबेला सामाजिक सञ्जालमा छाएको छ । निर्मला बलात्कारको शिकार बनिन् र तिनै अपराधीले उनको ज्यान लिए। सन्नीले तिनै अपराधी पत्ता लगाउन राज्यलाई दवाव दिने आन्दोलनमा प्रहरीको गोलीको शिकार बने र  ज्यानको आहुती दिए।

निर्मलाको हत्या भएको एक महिना पुरा भएको छ। बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायकालागि भएको शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका सन्नीको परिवार यतिबेला स्तब्ध छ। दुवै परिवार पीडा खेप्दै न्यायको खोजीमा छ।

आफ्ना ठेकेदारसँग ज्याला बापतको पैसा लिन गएका सन्नीले बाटोमैं निर्मला हत्याको विरोधमा जारी आन्दोलन रमिताजस्तै मानेर हेर्दै थिए। तर आन्दोलनको मैदान बहिरै रहेका खुनाको छाती सुरक्षाकर्मी प्रहरीको नालबाट निस्केको गोलीले छेडियो। रक्ताम्य भइ ढले। प्राण पखेरु उड्यो। आर्थिक अवस्था कमजोर भएका खुना परिवार यस घटनापछि स्तब्ध छन् ।

साउन १० गते देखि घरपरीवारबाट सम्पर्कबिहिन भएकी निर्मलाको शव अर्को दिन घर नजिकको उखुबरीमा फेला परेपछि कञ्चनपुर सरदमुकाम महेन्द्रनगरमा आन्दोलन चर्केको हो। निर्मला हत्या काण्डका कारण महेन्द्रनगरमा आन्दोलन चर्केपछि भीमदत्त  नगपालिका  १८ भगतपुर, शुभकामना टोलका सन्नीको ज्यान गुमेको हो। निर्मलामाथिको निर्ममता र प्रहरीको गोलीले बगेको खुनाको खुनले समाजिक सञ्जालमा पीडा र आक्रोशका अभिव्यक्ति पोखिए।  सुदुरपश्चिमको महेन्द्रनगर हुँदै अहिले देशव्यापी मात्रै नभएर अन्तरराष्ट्रिय रुपमा यो घटना चासोको बिषय बनेको छ।

सामाजिक सञ्जालमा पुर्वमन्त्री तथा यस क्षेत्रका नेता रमेश लेखकले भनेका छन्, ‘शब्दमा व्यक्त गर्नै नसकिने पीड़ादायी घटना भएको छ। सरकार हद भन्दा बढ़ी गैह्र जिÞिम्मेवार देखिएको छ। सन्नी खुनाका प्रति हार्दिक श्रद्धांन्जली। परिवारजन र मित्रजनमा समवेदना । घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना । सबै संयमित हौ। समग्र घटनाक्रमको छानबिनका लागि सरकारले न्यायिक छानविन आयोग गठन गरोस्।’

पुस्तक पसल संचालक दुर्गादत्त बोहराले फेसबुकमा भनेका छन, ‘ए हत्यारा हरु हो रोक यो पाशविकता ! एक अपराधी बचाउन कति निर्दोष मार्ने हो ? हिम्म्त छ भने अपराधी समात के मिल्यो नाबालक शन्नि खुना को हत्या गरेर धिक्कार छ !’

जिल्लाका संचारकर्मी रनि विवशले ‘निर्मला पन्तलाई न्याय दिलाउन गरिएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका सन्नि खुनाप्रति श्रद्धाञ्जलीसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना । व्यक्त गर्दछोै । उनले फेसबुकमा भनेका छन

भीमदत्त नगरपालिका – २ उल्टाखाम घर भएकी निर्मला बलात्कार र हत्या भएको सोमबार ३४ दिन बितिसक्यो । कसैको आँखामा हालेर नबिझ्ने निर्मलाले यो संसारमात्र छाडिनन् । यतिका दिनसम्म उनको यो दुर्दशा गर्ने व्यक्ति कानुनी दायरामा नआउनु परिवार र समाजका लागि थप पीडाको बिषय बनेको छ।

‘पढाईमा सधै राम्री थिईन् । उसको ठूलो आकांक्षा थियो।’  आमा दुर्गादेविका रसाएका आँखा र भक्कानो मिसिएका शव्दले भन्दैछन् ‘कक्षामा राम्रै श्रेणीमा पास हुन्थी । कुन सत्रुको आँखा लाग्यो ।’ एक महिनाअघि भएको घटनापछि सोधन आउने सबैलाई जवाफ दिदादिदैं दुर्गा देवि थकित भैसकेकी छिन् । तर उनको छोरीका अपराधीले सजाय पाउने र परिवारले न्याय पाउने आशा भने मरेको छैन ।

तीन बहिनी र एक भाईमध्ये उनि माईली छोरी हुन् । ‘दिदीलाई चित्र बनाउने पनि ठूलो शोख थियो।’ कान्छी बहिनीले निर्मलाले बनाएको भगवान कृष्णको चित्र देखाउँदै भनिन्, ‘यो दिदिले बनाएको चित्र हो।’

यहि घटनाको विरोधमा यतिबेला सदरमुकाम महेन्द्रनगर मात्र नभएर पुरै कञ्चनपुर जिल्लासंगै देश नै तातेको छ । घटनाको लामो समयपछि भदौ ४ गते सोमबार जिल्ला प्रहरी कार्यालयमा स्थानीय दिलिप सिंह विष्ट नामका मानसिक अवस्था कमजोर भएका व्यक्तिलाई अपराधिका रुपमा सार्वजनिक गरेपछि आन्दोलनको ताप झन बढेको छ । 

भदौ ८ प्रहरीको दमन र कफ्र्युको वेवास्ता गर्दै भएको आन्दोलनमा भीमदत्त नगरपालिका–१८ भगतपुरका १५ बर्षिय सन्नी खुनाले ज्यान समेत गुमाउनु प¥यो ।

विगतका जनआन्दोलन, अखण्ड सुदुरपश्चिम आन्दोलन, सुप विश्व विद्यालय आन्दोलन भन्दा निर्मला बलाकात्कार÷हत्या काण्डले झन ठूलो रुप लिएको छ । महेन्द्रनगर बजारका चोक चोकमा टायर बालेर सधंैजसो विरोध प्रदर्शन भइरहेका छन् । प्रहरीले लाठी चार्ज, अश्रृग्याँस, हवाई फायर गर्दा पनि न्यायको माग गर्दै सडकमा उत्रेका प्रदर्शनकारी पछि हटेका छैनन्। 

घटनाको एक महिना बितिसक्दा पनि वास्तविक अपराधि अहिलेसम्म सार्वजनिक नहुँदा नाबालिक निर्मला घटनाप्रति समवेदना र सहानुभुती राख्नेले आफ्नो्. फेसबुक र टुईटरमा यस घटनाको छानविनप्रति शंका व्यक्त गर्दै स्टेटस पोष्ट गरिरहेका छन्। 

प्रकाशित: ११ भाद्र २०७५ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App