११ आश्विन २०७७ आइतबार
समाज

निर्मला हत्या प्रकरण, अनुसन्धानका लागि बविता र रोशनी पक्राउ

बविता र रोशनीको घर। तस्बिर : नागरिक

कञ्चनपुर - निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनको अनुसन्धान गर्न प्रहरीले बबिता बम र  रोशनी बमलाई पक्राउ गरेको छ।

अनुसन्धानको लागि बविता र रोशनीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रमुख कुबेर कठायतले बताए।

 निर्मला उनीहरुकै घरमा गृहकार्य गर्न गएको समयदेखि बेपत्ता भएकी थिएन्। पछि उनको शव उनीहरुको घर भन्दा सात सय मिटर पर उखुबारिमा भेटिएको थियो।

बम दिदी बहिनीलाई प्रहरीले भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित उनीहरुकै घरबाट पक्राउ गरेको हो। निर्मला हराएपछि उनका आफन्त र स्थानीयले बमको घरबाट अनुसन्धान गर्नुपर्ने बताउँदै आएका थिए।

 

प्रकाशित: ९ भाद्र २०७५ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App