१४ आश्विन २०७७ बुधबार
समाज

कपाल काेर्न नमानेकी छाेरीकाे अामाकाे कुटाइले ज्यान गयाे

झापा - कुटपिट गरी छोरी मारेको अभियोगमा बिर्तामोड नगरपालिका ५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।

स्कुल जाने बेला कपाल कोर्न नमानेको कारण हेमन्ताले अाफ्नी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङलार्इ लाठीले कुटपिट गरेकी थिइन। कुटपिटबाट गम्भीर घाइते भएकी उनकाे बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो। 

प्रहरीले घटनाबारे थप अनुसन्धान  जारी रहेकाे जानकारी दिएकाे छ ।

प्रकाशित: ६ भाद्र २०७५ १९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App