coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जेसिआइको उत्कृष्ट युवा सूचीमा लामिछाने

काठमाडौं- मानवीय क्षेत्रमा कृयाशिल 'जुनिअर चेम्बर इन्टरनेश्नल' (जेसिआइ) को उत्कृष्ट युवा २०१८ को मनोनयन सूचीमा नेपालका डा. कमल लामिछाने परेका छन्। जेसिआइले हरेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट दश युवालाई सम्मान गर्ने गर्छ।

विश्वभरबाट ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरू उनीहरुको योगदान अनुसार यसमा छनौट हुने गर्छन्। प्राप्त नामबाट २० जना खुल्ला भोटिङको लागि छानिने र त्यसबाट १० जनालाई सम्मान गरिने गर्छ। लामिछानेलाई अनलाईन भोटिङ गर्न सकिन्छ।

जापानमा प्रध्यापनरत लामिछाने यो सूचीमा पर्ने पहिलो नेपाली हुन्। उनी प्राज्ञीक क्षेत्रमा गरेको योगदानस्वरुप मनोनयनमा परेका हुन्।  

यो सम्मानबाट पूर्व अमेरिकी राष्ट्रपतिहरु पनि सम्मानित भएका छन्। जोन एफ केनेडी, रिचर्ड निक्सन र बिल क्लिन्टनले पनि जेसीआइको सम्मान प्राप्त गरेका थिए।

लामिछाने विद्यावारिधि गर्ने पहिलो दृष्टिविहिन नेपाली हुन्। उनी जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुन्। लामिछानेले जाइकाको लागि अनुसन्धानकर्ताका रूपमा समेत काम गरेका छन्।

शिक्षा र आर्थिक सशक्तिकरण दिगो विकासका सुत्र रहेको बताउने उनी १२ वर्षको उमेरमा प्रारम्भिक शिक्षाको लागि विद्यालय पुगेको जेसिआइको वेभ साईटमा उल्लेख छ।

प्रकाशित: ६ भाद्र २०७५ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App