coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१५ लाख लुटिएको नाटक गर्ने व्यक्ति रकमसहित पक्राउ

काठमाडौं– १५ लाख लुटिएको नाटक गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा क्षेत्रपाटी बस्ने अस्गर अली रहेका छन्। 

आइतबार दिउँसो २ बजे न्युरोडस्थित बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख झिकेर आफ्नो पसल क्षेत्रपार्टीतर्फ आउँदै गर्दा आफूलाई मोटरसाइकलमा आएर हतियारधारीले खुकुरी देखाएर स्वयम्भुको जंगलमा लगी रकम लुटेको भनी प्रहरीलाई खबर गरेका थिए। लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं र लैनचौर वृत्तबाट खटिएको प्रहरी टोलीले अस्गरलाई सम्पर्क गरी अनुसन्धान गर्दा लुटिएको नाटक गरेको खुलेको हो। 

साथै उक्त रकम प्रहरीले काठमाडौं १६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरबाट बरामद गरेको छ। श्रेष्ठको घरमा रकम लुकाएर राखेको खुलेपछि प्रहरीले अस्गरलाई सँगै लगेर भ-याङमुनी सोनाम लेखिएको झोला खानतलासी गर्दा १५ लाख ३१ हजार ८ रुपैयाँ, चिनियाँ युआन १०० दरको १ थान, १० दरको १ थान, चावी ७ थान, सामसङ मोबाइल १ थान फेला पारी बरामद गरेको छ। 

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी मोहनकुमार थापाले बरामद रकमको स्रोत नखुलेकाले नाटकीय रुपमा पीडित बनेका अस्गरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ती शुद्धिकरण विभागमा पठाइएको जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०७५ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App