७ वैशाख २०८१ शुक्रबार
समाज

सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको मृत्यु

संखुवासभा – संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको बाटोमा नै मृत्यु भएको छ। पोखरीमा पुजा गरेर फर्किएका पाँचखपन नगरपालिका–८ चुङखुरुङ आहालेका हर्क बहादुर न्यौपानेको शनिबार बाटोमा मृत्यु भएको स्थानीय जनक न्यौपानेले बताए।

न्यौपाने सहित ८ जना साउन २८ गते सभापोखरी गएका थिए। नागपञ्चमीका दिन सभापोखरीमा पुगेर पुजाआजा गरी फर्किएका उनीहरु मध्ये न्यौपाने चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए। बिरामी परेका न्यौपानेलाई घर ल्याउन नसकेपछी गोठमा राखिएको जनकले बताए। शनिबार बिहान उद्धारका लागि १२ जना गएका थिए। लिएर फर्किने क्रममा तेर्से भन्ने स्थानमा उनको मृत्यु भएको हो।

जिल्लामा अन्य तीर्थस्थलमध्ये धार्मिक आस्थाका मुख्य केन्द्र मानिएको यस पोखरी जान निकै समस्या भएको तिर्थालुहरु बताउँछन्। शुक्रबार पनि सभापोखरीमा ३ जना बिरामी परेपछी हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। सभापोखरीमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गरेको छ।

प्रकाशित: ४ भाद्र २०७५ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App