coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको विभत्स हत्या

युवतीकाे हत्या भएको स्थानमा अनुसन्धान गदै प्रहरी

विराटनगर–प्रेमीसहित अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिइन् विराटनगर–१३ ग्रामथानकी शिखा घिमिरे। यसकै लागि एक साता पहिले प्रेमी दिनेश भट्टराईसँग कोर्ट म्यारिज पनि गरिन्। तर शिखाले धोका दिएको आशंका गरेर तीनै प्रेमीले शुक्रबार उनको ज्यान लिए।

गफगाफका लागि विराटनगर बजारबाट दिनशसँगै स्किुटर चढेर निश्केकी शिखालाई बेलबारी जानेक्रममा सिध्राहाको एकान्त स्थानमा पुर्याएपछि दाउ र चक्कु प्रहार गरी दिनेशले शिखाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

 मोरङ प्रहरी प्रमुख मनोज केसीका अनुसार  विराटनगरबाट एउटै स्कुटरमा चढेर संगै गएका उनिहरू ग्रामथान —३ सिद्राहामा पुगेपछि नहरको छेउमा रहेको गोठमा गफ गर्न बसेका थिए । गफ गर्नेक्रममा  युवकले झोलाबाट धारिलो हतियार निकाले र युवतीको हत्या गरेर नहरको डिलमा फालेका थिए। 

भाग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि भट्टराईलाई घेरा हालेर पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। दुवै प्रेमि–प्रेमीका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे। ‘प्रेमिकाले धोका दिएर अस्ट्रेलिया जान लागेको आरोपमा  प्रेमी दिनेशले शुक्रबार प्रेमिका शिखाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी स्रोतले भन्यो। प्रहरीका अनुसार शिखाको पेट, अनुहार र घाँटीलगायतका स्थानमा चोटै चोट छ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिखाको परिवारस्रोतले दिएको जानकारी अनुसार दिनेश र शिखाको एक साता पहिले अष्ट्रेलिया जानकै लागि कोर्ट म्यारिज भइसकेको थियो।  शिखाको अस्ट्रेलियाको भिषा पनि लागि सकेको थियो।  

अभियुक्त दिनेश भट्टराईलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ भने युवतीको शव पोष्टमार्टमका लागि विराटगरस्थित कोसी अञ्चल अस्पतालमा राखिएको छ। दिनेशले युवतीलाई हत्या गर्ने पूर्व योजनाअनुरुप नै झोलामा दाउ र चक्कु बोकेको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका दिनेशले प्रेमिकाले आफूलाई धोका दिएर अर्कैसँग अस्ट्रेलिया जान खोजेकाले हत्या गरेको प्रहरी समक्ष बताएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७५ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App