coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आर्थिक अनियमितता गरेको भन्दै नगरको नाममा अख्तियारमा उजुरी

डोल्पा - त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ। अंगुरको विरुवा तथा डालेचुकको वीउ खरिद लगायत नगरको भवनको जग्गा खरिदको नाममा आर्थिक घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको हो।

नगरपालिकाले करोडौको अनियमितता गरेको उजुरीमा उल्लेख छ। अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाको नाममा दश दिन भित्र अंगुर डाँलेचुक खरिद लगायत नगरको भवन निमार्णमा भएको सम्झौता लगायतका आवश्यक कागजात आयोगमा पठाउन पत्राचार गरेपछि नगरको नाममा आर्थिक अनियमितता गरेको उजुरी परेको थाह हुन आएको हो।नगरको भवन निमार्णको लागि स्थानीय बासिन्दाले नि:शुल्क जग्गादान गरेको र पहिलो चरणमा नगरको जग्गा सम्याउनको लागि दोस्रो नगरसभाले ५२ लाख मात्र रकम बिनियोजन गरेको नगरपालिकाले जनाएको छ।

भवन निमार्णको लागि बजेट नै बिनियोजन नभएको अवस्थामा ठेक्केदारसँग मिलोमतो गरेर नगरको भवन निमार्णमा ठुलो आर्थिक घोटाला गरेको भनि बेनामी उजुरी दिएर नगरको बदनाम गर्न खोजेको नगरपालिकाका नायव सुब्बा तथा निमित्त कार्यकारी चन्द्रप्रकाश बुढथापाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो कार्यकालमा आर्थिक वर्ष ०७४/०७५ मा अंगुरखेतीको स्थलगत अध्ययन अवलोकन तथा बिरुवा खरिद र स्याउका बिरुवा लगायत डालेचुकको वीउ खरिद तथा नर्सरी स्थापनाको लागि भनेर एक करोड बराबरको रकम बिनियोजन गरेको थियो।

अंगुर,स्याउ,दाँतेओखर,लगायत डालेचुकको व्यवसायिक खेती गरेर नगरलाई फलफुल खेतीको माध्यमबाट आत्मनिर्भर बनाउने भनेर त्रिपुरासुन्दरी नगरपालिकाको ०७५ असार १४ गते सम्पन्न दोस्रो नगरसभाले भने पुन अंगुर ,स्याउ र डालेचुकको खेतीको लागि भनेर २ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App