coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण

गोसाइँकुण्ड मेला भर्नका लागि आएका तीर्थयात्री ।    तस्बिरः नागरिक

रसुवा – जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यवसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ।

जिल्लाको मिनि गोसाइँकुण्ड, देउराली, चन्दनबारी÷चोलाङपाटी, लौरीबिना र गोसाइँकुण्डमा सञ्चालित होटल तथा मेलाको बेलामा राखिने थर्पुमा बस्ने तीर्थयात्री ठगीमा पर्नबाट जोगाउन र मूल्यमा एकरुपता ल्याउनका लागि प्रत्येक वर्ष दररेट निर्धारण गर्ने गरिएको छ।

दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गर्ने गरिएको समितिका अध्यक्ष संजीव डिएमले बताए। उनका अनुसार कालो चिया, दुध चिया, दाल भात तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि नयाँ मूल्य निर्धारण गरिएको छ। 

गत वर्षको तुलनामा यो वर्ष तातोपानी र कालो चियाको मूल्य घटाइएको छ। दुध चियामा पाँच रुपयाँ मूल्यवृद्धि गरिएको छ। मिनि गोसाइँकुण्डमा कालो चिया १५, दुधचिया २०, दाल भात तरकारी २ सय २०, थर्पुमा सुत्दा प्रतिव्यक्ति २ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ३ सय ५० तिर्नुपर्छ। 

देउरालीमा कालो चिया २०, दुध चिया २५, दाल भात तरकारी २ सय ७५, थर्पुमा सुत्दा प्रतिव्यक्ति ३ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ४ सय ७५, चन्दनबारीमा कालो चिया २५, दुध चिया ४०, दाल भात तरकारी ३ सय ५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय र होटलमा सुत्दा प्रतिव्यक्ति ५ सय तिर्नुपर्ने समितिले जनाएको छ। 

लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३०, दुधचिया ५०, दाल भात तरकारी ४ सय ५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय ५० होटलमा सुत्दा प्रतिव्यक्ति ६ सय ५० मूल्य कायम गरिएको समितिका अध्यक्ष डिएमले बताए। तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपयाँ तिर्नुपर्ने बताइएको छ। 

थर्पु सञ्चालन गर्ने व्यावसायीले घट्टेखोलामा ८ सय ५०, देउराली÷ढिम्सामा ९ सय ५०, चन्दनबारी÷चोलाङपाटीमा १ हजार ५०, बुद्धमन्दिरमा १ हजार २ सय ५०, गोसाइँकुण्डमा १ हजार तीन सय ५० रुपयाँ तिर्नुपर्ने समितिले जनाएको छ।

हिँडन् नसक्ने तीर्थयात्रीहरू घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडामा जाने गर्दछन्। तीर्थयात्रीले घोडा चढेबापत घट्टेखोला–चन्दनबारी ३ हजार २ सय ५०, घटेटेखोला–बुद्धमन्दिर ५ हजार ५ सय, घट्टेखोला–गोसाइँकुण्ड ६ हजार ५ सय तिनुपर्ने हुन्छ। 

देउराली–बुद्ध मन्दिर ५ हजार, देउराली–गोसाइँकुण्ड ६ हजार, चन्दनबारी–बुद्ध मन्दिर ४ हजार ५ सय, चन्दनबारी–गोसाइँकुण्ड ५ हजार, चोलाङपाटी–बुद्ध मन्दिर ३ हजार ५ सय, चोलाङपाटी–गोसाइँकुण्ड ५ हजार र दउराली–चोलाङपाटी २ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको छ। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा यो वर्ष सञ्चालन हुने मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ। 

 

प्रकाशित: २९ श्रावण २०७५ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App