७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले दाङको यातायात ठप्प

दाङ – दाङका विभिन्न खोलामा आएको बाढीका कारण दाङको यातायात सेवा ठप्प बनेको  छ। लमही तुलसिपुर सडकखण्डका विभिन्न पुलबिहिन खोलामा आएको बाढीले आज विहानदेखि सवारी आवागमन ठप्प भएको हो।

लमही घोराही सडकखण्डमा पर्ने कटुवा खोला र बबई नदीमा आएको बाढीले यो खण्डमा चल्ने यातायातका साधन ठप्प भएका छन्।

यसैगरी घोराही तुलसिपुर सडकखण्डको गुर्जे, ग्वार लगाएतका खोलाहरुमा आएको बाढीले यो सडकखण्ड पनि अवरुद्ध छ। पुल निर्मार्णाधिन यी खोलाहरुमा डाइभर्सनको गतिलो व्यवस्था नहुँदा बाढी आएको बेला यातायात सेवा ठप्प हुने गरेको छ।

आज विहानैदेखि लामो तथा छोटो दूरीकाे यात्रामा हिडेका सर्वसाधारणाहरु विभिन्न खोला किनारमा अलपत्र परेका छन्।

प्रकाशित: २८ श्रावण २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App