७ वैशाख २०८१ शुक्रबार
समाज

फेरि डुव्यो भक्तपुर

भक्तपुर - शनिबार रातिदेखिको अविरल वर्षाले भक्तपुर फेरि डुवानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धानखेती आदि डुवानमा परेका छन्। 

बाढीकै कारण हनुमानाचा स्थित इन्टरनेशलन ग्रीन डेभलपर्स प्राइभेट लिमिटेडद्धारा सञ्चालित गोर्खा इको प्यानल, हनुमन्ते खोला नजिकैको हनुमानघाटस्थित श्री बाल सेवक निम्न माध्यमिक विद्यालय डुवानमा परेको छ । यस्तै बाहारीस्थानस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुवानमा परेको छ। अस्थायी टहरमा रहेको स्कुलको कक्षाकोठा डुवानमा पर्दा आइतबार पठनपाठन गर्न नपाएको विद्यालयका प्रिन्सिपल महेन्द्रगोपाल कर्माचार्यले बताए। 

डुवानले भीमसेनस्थानस्थित हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति महिला तथा वालबालिका अस्पताल डुवानमा परेको छ। यस्तै सल्लाघारीस्थित डा. इमामुरा मेमोरियल अस्पताल पनि डुवानमा परेको छ। पानी घटदै गएपछि दिउँंसोसम्ममा वाढी सामान्य भइसकेको छ। 

यता डुवानले मध्यपुर थिमि क्षेत्र पनि डुवानमा परेको थियो। तर गएको वाढीजस्तो अरनिको राजमार्गसम्म पानी आउन पाएन। शनिबार राति राजमार्ग छेउको राधेराधे, सल्लाघारी, सृजना नगरलगायतका क्षेत्र डुवानमा परेको थियो। हनुमन्तेको उच्च वाढीका कारण पुलसमेत जोखिममा पर्न थालेपछि विहानदेखि त्यहाँं सुरक्षाकर्मी परिचालन गरी सतर्कता अपनाइएको थियो। वाढी हेर्न आउनेहरुको संख्या वढी रहेकोले सम्भावित दुर्घटनाबाट जोगाउन प्रहरी परिचालन गरिएको थियो।

भक्तपुर गत असार २८ गते पनि डुवानमा परेको थियो। तर आइतबारको डुवान त्यो भन्दा कम मात्रै थियो। गएको डुवान भन्दा आइतबार कम मात्र डुवान भए पनि स्थानीय समुदायमा सन्त्रास छाएको थियो। खोला छेउका बस्ती र भूभागमा डुवान भएपछि स्थानीयवासीहरु रातिदेखि नै वाढी र डुवानको सन्त्रासमा बस्नु परेको थियो। 

खोलाको सतह विहानको तुलनामा दिउँंसोसम्म घट्दै गए पनि पानी पर्न अझै नरोकिएकाले यसको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। डुवानका कारण कहीकतै मानवीय क्षति नभएको बताइएको छ। तथापि रेडक्रसलगायतले उद्धारकर्मी तयारी अवस्थामा राखेको छ। 

असार २८ गतेको पहिरो र बाढी तथा डुवानका कारण ३ जनाको मृत्यु, ४ जना घाइते, ५० घरमा क्षति पुग्नुका साथै पाँंच सय ५० घर परिवार विस्थापित भएका थिए। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App