१५ चैत्र २०८० बिहीबार
समाज

हाइलक्स दुर्घटना हुँदा दुईको अवस्था अज्ञात

पाल्पा– रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जना व्यक्ति हराएका छन्। हाइलक्समा सवार दुई व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रहरी समेत अन्यौलमा परेको छ। 

बा १ च ८९७० नम्बरको हाइलक्स बेलुकी ६ बजे दुर्घटना हुँदा तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पा ३६ वर्षीय टंक हराएका हुन्। उनीहरुलाई उद्दार गर्न गएको प्रहरी भीर भएका कारण बाटोमा निस्किएर कुरिरहेको बताइएको छ। 

जीप सडकभन्दा ५० मिटर तल खसेको छ। अप्ठ्यारो भीर भएकोले उद्दारमा समस्या र ढिलाई भएको प्रहरीले जनाएको छ। विद्युत् सम्बन्धी काम गर्नका लागि तानसेनबाट गएको हाईलक्स दुर्घटनामा परेको हो। सडक चिप्लो र कच्ची भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। उनीहरुलाई उज्यालो भएपछिमात्र खोजी गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०७५ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App