२४ जेष्ठ २०७७ शनिबार
समाज

श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु

दोलखा - घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका  ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ। मदिरा सेवनकाे विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए। रासस

प्रकाशित: १७ श्रावण २०७५ १९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App