८ वैशाख २०८१ शनिबार
समाज

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

गाँजा तस्करीमा पक्राउ परेकाहरु । तस्विर : अशाेकसुजन/नागरिक

मकवानपुर - प्रहरीले २ सय ३ किलो ७ सय २० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। सवारी साधनमा लुकाई छिपाई भारततर्फ लादै गरेको १ सय १५ किलो लागुऔषध गाँजासहित २ जना र भारतीय जिपबाट ८८ किलो ७ सय २० ग्राम गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गर्दै विहिवार सार्वजनिक गरेको हो। 

मकवानपुरबाट महोत्तरीहुँदै भारततर्फ लैजादै गरेको गाँजा हेटौंडा उपमहानगरपालिका ११ सरस्वतीचोकबाट बिहीबार नियन्त्रणमा लिइएको हा । ना ३ च ४७६२ नम्बरको सेतो बोलेरो पिकअप भ्यानमा गाँजा लुकाउने फल्स बटम बनाई लादै गरेको गाँजा र त्यसमा संलग्न २ जनालाइ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरिक्षक मधुकुमार थापाले बताए। उनका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका १२ का ३६ बर्षीय दिनेश मगर र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ का ३१ बर्षीय ज्ञानबहादुर बुढासैनी रहेका छन्। मगर लागुऔषध गाँजा र चरेश ओसारपसारमा पटक–पटक संलग्न रहेको प्रहरी दाबी छ।

यसैबीच, भारतीय जिपमा ८८ किलो ७ सय २० ग्राम गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका ९ खरङ्गाबाट बुधबार ४ जना पक्राउ परेका थिए। लागुऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो। बी.आर.आई.पी. २३४५ नम्बरको भारतीय बोलेरो जिपमा बिशेष फल्स बटम बनाई गाँजा लुकाएर ल्याएको अबस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ्गले बताए।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका १ का ५८ बर्षीय पदम हमाल ठकुरी, सिरहाको धनगढी नगरपालिका ३ का ३५ बर्षीय सुरेशकुमार महतो, औरही गाउँपालिका २ का ४४ बर्षीय छेदी दास र मकवानपुरको राक्सीराङ्ग गाउँपालिका १ का ४२ बर्षीय कृष्णबहादुर मोक्तान रहेका छन्। 

पक्राउ परेका ६ जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गरीने प्रहरी उपरिक्षक गुरुङ्गले बताए।

प्रकाशित: १७ श्रावण २०७५ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App