२६ असार २०७७ शुक्रबार
समाज

धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

धादिङ – धादिङको बेनिघाट रोराङ गाउाँपलिका १० लहिटारमा ढुङ्गाले लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय हिरा चेपाङका १२ वर्षीय छोरा रमेश चेपाङ रहेका छन्।  

वर्षातका कारण पहिरोबाट अाएकाे ढुङ्गा घरको छानोबाट भित्र पस्दा ११ वर्षीय सुस्मा चेपाङ र १४ वर्षीय दिनेश चेपाङ घाइते भएका छन्। मृतक रमेश चेपाङ र घाइते दुबै हिरा चेपाङका छोरा, छोरी हुन्।

बिहीबार घरमा बसिरहेका बेला उनीहरूलाई ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भैइरहेको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित: १७ श्रावण २०७५ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App