७ वैशाख २०८१ शुक्रबार
समाज

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

आफूलाई ०७५ साउन १४ गते सार्वजनिक बाटोमा नै जबरजस्ती लछारपछार गरि बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडित महिलाले मंगलबार प्रहरी चौकी लिकुमा निवेदन दिएकी थिइन्। उनको उजुरीपछि बोहरालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

प्रहरी बयानमा बोहराले जबरजस्ती बलात्कार गर्न खोजेको स्वीकार गरेका छन्। उनलाई जवरजस्ती करणी प्रयास अन्तर्गत कारवाही अगाडि बढाइएको शर्माले बताए।

 

प्रकाशित: १६ श्रावण २०७५ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App