१६ चैत्र २०८० शुक्रबार
समाज

कर्मचारीकाे अभाव हुँदा सेवा प्रवाहमा ढिलाइ

रुपन्देही - स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पूरा हुँदापनि गाउँपालिमाहरुमा कर्मचारीको अभाव रहेको छ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा कर्मचारी नहुँदा गाँउबासीले सेवा पाएका छैनन। एउटै कर्मचारीलाई कामको चापले थिचेको छ। ७ वडा रहेको यहाँ एक जना पनि वडा सचिव छैनन। ‘कार्यालय सहायक त्यो पनि ३ जनाले ७ वडा हेर्नुपरेको छ’ मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले भने। यो गाउँपालिकामा उपसचिवको दरबन्दी छ। तर अधिकृत तहका पौडेलले नै कार्यभार सम्हाल्दैै आएका छन। अति आवश्यक पर्ने लेखापाल  समेत छैनन। संघीय सरकारले कर्मचारी पठाएपनि विच बाटोबाटै गायव हुन्छन । ‘क्वारेन्टाईनका लेखापालले २÷३ दिन बिराएर आउनुहुन्छ’ प्रशासकीय अधिकृत पौडेलले भने । विकट क्षेत्रका नागरिकलाई सहज सेवा दिन सकिन्छ भने पनि  कर्मचारी नहुँदा सेवाग्राहीले एउटा सिफारिश लिन समेत घन्टौ कुर्नु परेको छ। 

‘सिंहदरबारको अधिकार गाउँ नगर भन्न मात्रै भयो, हामीले जिल्ला समन्वय समिति र मन्त्रालयलाई भनेका छौं, कर्मचारी आउँदैनन’ गाउँपालिका अध्यक्ष केशव बाँनियाले गुनासो पोखे। उनका अनुसार मन्त्रालयले कर्मचारी पठाएपनि एक हप्ता नबसी सुगम क्षेत्रमै जाने गरेका छन। भारतीय सिमासँग जोडिएको यो गाउँपालिकामा उच्च तहको र काम जानेका कर्मचारी नै छैनन। 

प्रमुख प्रशासकीय अधिकृत र एक जना नासुमात्रै सरकारले तोकेका कर्मचारी छन । कर्मचारी अभावका कारण छिटो छरितो सेवा दिन नसकेको स्वयम अधिकृतहरु स्विकार गर्छन। कर्मचारी अभावका कारण मर्चवारीले गत बर्ष ३ करोड बजेट खर्च गर्न सकेन।

कर्मचारी नुहँदा कामकाज प्रभावित हुनेमा मर्चवारी मात्रै एक्लो होईन। सम्मरीमाईमा पनि कर्मचारी नहुँदा गाउँपालिकाको सेवा प्रभावकारी हुन सकेको छैन । मर्चवार क्षेत्रका स्थानीय तहमा मन्त्रालयले खटाएका कर्मचारी आउनै मान्दैनन। मन्त्रालयले बाध्य पारेर पठाएपनि कर्मचारीहरु कार्यालयसम्म पुग्दैनन। ‘केहि दिनअघि मन्त्रालयबाट लेखापाल र सहलेखापाल खटाएको थियो, उहाँहरु कार्यालयमै नआएर बाटैबाट फर्किनुभयो’ सम्मरीमाई गाउँपालिकाका कार्यकारी अधिकृत टुकराज पाण्डेले बताए। उनका अनुसार कर्मचारी आइहाले पनि बढिमा ३ दिन मात्रै बस्छन। कर्मचारीहरुले सुगम क्षेत्र रोज्ने र पहुँचका आधारमा दरबन्दी एकातिर भएपनि अन्तै जाने प्रवृत्तिले गर्दा दुर्गम क्षेत्रका पालिकाहरु कर्मचारी विहिन हुन पुगेका छन। 

जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले मर्चवार र लुम्बिनी क्षेत्रमा कर्मचारी अभाव रहेको बताए । ‘हामीले पनि सिफारिश गर्ने हो, धेरैजसो सुगममा जान खोज्छन’ उनले भने । उनले रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये बुटवल उपमहानगर, तिलोत्तमा, सिद्धार्थ, देवदह र सैनामैनामा मात्रै कर्मचारी अभाव नरहेको बताए ।

 

प्रकाशित: १६ श्रावण २०७५ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App