७ वैशाख २०८१ शुक्रबार
समाज

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

काठमाडौं – केन्द्रीय कारागारका ४ सयभन्दा बढी कैदी बिरामी भएका छन् । काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।

कारागार कार्यालय प्रमुख वेदनिधि अधिकारीले उपचारका लागि दैनिक १ सय कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि पठाउने गरिएको जानकारी दिए। ‘सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ,’ उनले भने, ‘गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौँ।’

कारागारमा क्षमताभन्दा बढी कैदी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन्। १०४ वर्ष पुरानो केन्द्रीय कारागारभित्रका तीनवटा भवनमा अहिले २ हजार८०३ कैदीबन्दी तथा चार नाबालक छन्।

केन्द्रीय कारागारमा १ हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी छन्। कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी छन्। रासस

 

प्रकाशित: १६ श्रावण २०७५ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App