८ वैशाख २०८१ शनिबार
समाज

तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते

दमौली – पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ। दमौलीबाट डुम्रे तर्फ जादै गरेको बा २ ख १८३८ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरका कन्टेनर एक आपसमा ठोकिँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर बोक्सीङ्ग नगरपालिका ६ की १९ वर्षीया सविना राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा पुरी १५ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये ४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केका जिल्ला प्रहरी कार्यालय तनहु“ले जनाएको छ। माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कन्टेनर चालक फरार छन्।

प्रकाशित: १४ श्रावण २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App