coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

सुर्खेत – पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए। 

‘बालिका सुतिरहेको बेला घरभित्र पसेर सापकोटाले बलात्कार प्रयास गरेका रहेछन्’ श्रेष्ठले भने, ‘आफन्तले थाहा पाएपछि भागेर मकैबारीमा लुकिरहेको बेला हामीले पक्राउ गयौं।’ इलाका प्रहरी कार्यालयले सापकोटालाई आवश्यक कारवाहीलाई लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ। 

 

प्रकाशित: १३ श्रावण २०७५ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App