coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ लाखको क्षति

फाइल फोटो

जुम्ला – जुम्ला अस्पतालको सघन उपचार कक्षमा अनसनमा बसेका डा. गोविन्द केसीलार्इ काठमाडौं लैजादा भएको घटनामा क्षति भएको बिवरण सार्वजनिक भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले साउन ३ गते भएको घटनाको बिवरण सार्वजनिक गरेको हो।  

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार ७ लाख ९४ हजार रुपैयाँ बरावरको क्षति भएको छ। केसीलाई अपहरण शैलीमा काठमाडौं लग्न प्रहरी अस्पताल भित्रै हतियार सहित पसेको र कर्मचारी माथि हातपात, धरकपड गर्नुका साथै तोडफोड गरेको उनले बताए। उनले भने, ‘३० थान कुर्ची, अलाम हुटर ३ थान, फायर एक्सिङ्ग गुइचर ९ वटा, ६ वटा ढोका र २ वटा झ्यालमा क्षति पुगेको छ।’

प्रतिष्ठानको भवन निर्माण गर्ने कम्पनीको इन्जियनियरले क्षतिको बिवरण संकलन गरेका थिए। उनले थपे, ‘घटना भएको दिनदेखि प्रतिष्ठानको दोस्रो र तेस्रो तल्लाको सरसफाई गरिएको थिएन।’ काँफ्लेले प्रतिष्ठानमा नहुनु पर्ने घटना भएको भन्दै अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा घटेको घटनाको सत्य तथ्य छानबिन हुनु पर्ने माग गरे।  

अस्पतालको घटनाको छानविन गर्नका लागि ७ सदस्यीय उच्च स्तरिय समिति गठन भइसकेको छ।  छानविन समितिले सेतुकारुपमा काम गर्ने  आशा गरिएकोछ,’ उनले भने, ‘ विद्यार्थीलाई ढाल बनाएर घटना घटेको भन्ने हल्ला निराधार हो।’ प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी डा. केसीको मागमा स्वतस्फुर्तरुपमा आन्दोलनमा सहभागि भएका थिए’, उनले भने, कसैको उक्साहटमा लागेर आन्दोलन गरेका होइनन्।’  

उपकुलपति राजेन्द्रराज वाग्ले केसीको आन्दोलनमा विद्यार्थी सहभागि हुनुमा प्रतिष्ठान दोषि नरहेको बताए। ‘बजारमा पदाधीकारीले नै विद्यार्थीलाई अघि सारेर घटना भएको भन्ने हल्ला सुन्न पाइन्छ’, उपकुलपति वाग्लेले भने, ‘डा. केसीको समर्थनमा विद्यार्थी आफै जागेका हुन्।’

‘प्रतिष्ठानले यसै बर्षदेखि ब्लड बैँक र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको छ,   स्नातक स्तरको कार्यक्रम शुरु गर्न भर्ना खुलिसकेको छ’, काफ्लेले भने,‘कर्णाली प्रदेशको स्वास्थ्य पर्यटनको हबका रुपमा प्रतिष्ठानलाई विकास गर्न सबै पक्ष सकरात्मक हुनुपर्छ।’  

डा. केसीलाई लैजानको लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको टोलि जुम्ला पुगेको थियो। मुख्यमन्त्री र मन्त्रीलाई डा. केसीसँग भेटघाटको लागि विद्यार्थी कर्मचारी र चिकित्सकले जान दिएका थिएनन्। प्रहरीले बल प्रयोग गरेर डा. केसीलाई काठमाडौं लगिएको थियो।

 

प्रकाशित: १२ श्रावण २०७५ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App