१६ चैत्र २०८० शुक्रबार
समाज

सम्बन्ध बिच्छेदका घटना बढ्दै

सुर्खेत – सुर्खेतमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको पाइएको छ। जिल्ला अदालतको तथ्याङ्क अनुसार हरेक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दो क्रममा छन्। पछिल्लो तीन वर्षमा ७ सय १३ जोडीले कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेको जिल्ला अदालतले जानकारी दिएको छ।

सुर्खेत जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा ३ सय १७ सम्बन्ध बिच्छेद भएका छन्। अदालतका श्रेष्तेदार वीरेन्द्र मल्लका अनुसार ४०१ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका थिए। तिमध्ये ३१७ फैसला भएका हुन्। गत आर्थिक वर्षमा २५१ ले सम्बन्ध बिच्छेद र १५० ले अंशसहितको सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएको उनले बताए।

यस्तै आर्थिक वर्ष २०७३–०७४ मा ३०२ मुद्धा दर्ता भएकोमा २४५ फैसला भएका थिए भने २०७२–०७३ मा २२७ मुद्धा दर्ता भएकोमा १५१ फैसला भएका थिए। हरेक वर्ष सम्बन्ध बिच्छेदका मुद्धा आउनेक्रम बढ्दो क्रममा छ, श्रेष्तेदार मल्लले भने। मल्लका अनुसार काम उमेरमा विवाह हुनु, अन्तर जातीय विवाह, वैदेशिक रोजगारलगायतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको बताए। 

७५ प्रतिशत मुद्धा फछ्र्यौट
जिल्ला अदालतले गत आर्थिक वर्षमा ७५ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ। श्रेष्तेदार मल्लका अनुसार १ हजार ४ सय ४३ मुद्धा मध्ये १०८० मुद्धा फछ्र्यौट गरिएको छ।

गत आर्थिक वर्षमा १०५१ मुद्धा दर्ता भएका थिए भने ३ सय ९२ आर्थिक वर्ष २०७३–०७४ बाट जिम्मेवारी सरेर आएका थिए। श्रेष्तेदार मल्लले वार्षिक लक्ष्यभन्दा बढी मुद्धा फैसला भएको जानकारी दिए। ‘वार्षिक लक्ष्य ७९० थियो’ उनले भने, ‘१०८० मुद्धा फैसला गर्न सफल भयौं।’

प्रकाशित: ११ श्रावण २०७५ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App