१६ चैत्र २०८० शुक्रबार
समाज

बाबुछाेरा १५ दिनदेखि वेपत्ता

वेपत्ता भएका बाबुछाेरा ।

धादिङ - जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका वडा नं ३ बर्खाप टोलका बाबुछोरा १५ दिनदेखि बेपत्ता भएका छन्। गोठमा गाईबस्तु हेर्न भनी गएका बाबुछोरा १५ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्यमा रुवाबासी समेत चलेको छ।  

गाउँभन्दा ६ घण्टा माथिको घोच्ची लेकमा रहेको गोठमा गाइबस्तु स्याहार सुसार गर्न गएका थार लामा तामाङ र उनका ९ वर्षीय छोरा आकाश तामाङ वेपत्ता भएका हुन्। बेपत्ताहरुको खोजीको लागि सेर्तुङ स्थित प्रहरी चौकीमा र वडा कार्यलयमा जानकारी गराइएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

प्रकाशित: ९ श्रावण २०७५ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App