८ वैशाख २०८१ शनिबार
समाज

बलात्कारका आरोपी दुई वर्षपछि पक्राउ

खोटाङ– खोटाङमा बलात्कारका आरोपित युवक २ वर्षपछि पक्राउ परेका छन्। २०७३ सालमा महिलालाई बलात्कार गरेर फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका २२ वर्षीय दिनेश राईलाई प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करण उद्योग मुद्दामा बारदात पश्चात बारदातस्थलबाटै फरार रहेका राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए। 

फरार रहेका प्रतिवादीको नाममा जिल्ला अदालत खोटाङबाट बारेन्ट जारी भएपछि खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेलगत्तै जिल्ला अदालतमा बुझाइएका प्रतिबादीलाई आइतबार अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको डिएसपी थापाले बताए।

प्रकाशित: ७ श्रावण २०७५ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App